
काठमाडौं । उत्तरकोरियाले थप मिसाइल परीक्षण नगर्ने घोषणा गरेको छ । त्यहाँका नेता किम जोङ उनले अब थप परमाणु मिसाइल परीक्षण गरिरहनु आवश्यक नभएको बताउँदै आजदेखि उत्तरकोरियाले सबैखाले मिसाइल परीक्षण रोक्ने जानकारी दिएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
कोरियाली सेन्ट्रल न्यूज एजेन्सीले जनाएअनुसार, यही अप्रिल २१ (आज) बाट उत्तर कोरियाले पारमाणविक र अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण बन्द गर्न लागेको हो ।
उक्त निर्णयको उद्देश्य ‘देशको आर्थिक वृद्धि हासिल गर्ने र कोरियाली प्रायद्विपमा शान्ति स्थापना गर्ने’ रहेको समाचार एजेन्सीहरुले जनाएका छन् । त्यहाँका नेता किमले आफ्ना दक्षिणकोरियाली समकक्षी मून जे–इनसँग आउँदो हप्ता भेटवार्ता गर्न लागेको समेत समाचारमा जनाइएको छ ।
क्षेप्यास्त्र परीक्षणहरू बन्द गर्ने उत्तरकाेिरयाली घोषणालार्इ अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले अभूतपूर्व निर्णय भनेका छन् । उनले एक ट्वीट गर्दै भनेका छन्, ‘यो उत्तरकोरिया र विश्वकै लागि एकदम सुखद खबर हो । अभूतपूर्व प्रगति ! यसअघि बिहीबार मात्रै ट्रम्पले भनेका थिए, ‘उत्तर कोरिया निशस्त्रीकरणमा गए उसका लागि उज्यालो बाटो उपलब्ध हुनेछ ।’
किम जाेङ उनले अागामी जूनमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग शिखर बैठक गर्ने अपेक्षा समेत गरिएको छ । (एजेन्सीहरूकाे सहयाेगमा)