ट्रम्पजस्तो मित्र भएपछि शत्रुको के खाँचो : युरोपेली संघ

बाहिरिनु र व्यापार युद्धलाई चर्काउनुले अमेरिकाका मित्र राष्ट्रहरु पनि उसँग रुष्ट देखिएका छन्। युरोपेली युनियनका अध्यक्षले बुधबार एक बैठकमा डोनाल्ड ट्रम्पजस्तो मित्र हुनेहरुका लागि शत्रुको आवश्यक नहुने बताएका थिए।

बुल्गेरियाको राजधानी सोफियामा इरानसँगको बाँकी सम्झौतालाई कसरी सुरक्षित गर्ने र युरोपेली देशको इरानसँगको व्यापारलाई ट्रम्पको प्रतिबन्धपछि कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्न बुल्गेरियाको राजधानीमा २८ देखका नेताहरुको भेला भइरहेका छन्।

युरोपेली संघका प्रमुख डोनाल्ड टस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फैसलाको सामना गर्न युरोपेली संघलाई पहिलाको भन्दा बलियो एकता देखाउनुपर्ने बताए। पत्रकार सम्मेलनमा टस्कले भने– ‘राष्ट्रपति ट्रम्पको हालैका फैसलालाई हेर्दा जसले पनि सोच्न सक्छ, ट्रम्पजस्तो मित्र भएपछि कसैलाई शत्रुको किन आवश्यक हुन्छ ?

टस्कले भने– ‘युरोपले आफ्नो सुरक्षाका लागि शक्ति भ्याएसम्म सबै गुर्नपर्छ। हामी त्यो स्थितिका लागि तयार रहनुपर्नेछ जब आफ्नै बलबुतामा सबैकुरा गर्नुपर्ने परिस्थिति सिर्जना हुनेछ।’ याे खबर अाजकाे नेपाल समाचारपत्र मा छ ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!