बच्चालाई अनुशासित कसरी बनाउने ?

-पहिलो उदाहरणका लागि बच्चालाई खाना खान बोलाउनुभयो, तर ऊ आउनै मान्दैन । जब*र्जस्ती तानेर वा गा*ली गरेर ल्याउनुभयो भने ऊ रु*न्छ । एक पटक आफूलाई उसको ठाउँमा राखेर हेर्नुस् त । ऊ खेलिरहेको छ र उसलाई त्यो कुरा मन परिरहेको छ । तपाईं ऊ खेलिरहेको ठाउँमा गएर माया गरेर अँगालो मा*र्नुस् र भन्नुस् कि ‘तिमीलाई खेल्न मज्जा आइरहेको मलाई थाहा छ, तर खाना तयार छ, सेलाउँछ, पहिला खान खाऊ अनि खेल्ने, बरु म पनि सँंगै खेल्छु ।’
यसो गर्दा उसले खेल्न नपाउनुको कारण तपाईंलाई ठान्दैन । बरु तपाईं उसको पक्षमा हुनुहुन्छ भन्ने सोच्छ । उसलाई नरिसाइकनै खेल्न छुटाउनुहोस् र खाना खाने टेबलमा भने अवश्य ल्याउनुहोस् ।
-बच्चालाई कुन कुरा गर्नुपर्छ र कुन कुरा कुनै हालतमा गर्नुहुन्न भन्ने थाहा दिनुपर्छ । वास्तवमा उनीहरूलाइ यस्तो सी*मारेखा तोकिदिएको मन पनि पर्छ । उदाहरणका लागि सडकमा बाटो काट्दा उसले तपाईंको हात समात्नैपर्छ भन्नुहोस् । उसको साथीले खेलौना खोसिदियो भने पिटेर लिने हैन, मेरो खेलौना देऊ भनेर मागेर लिनपर्छ भन्नुहोस् । उसको एकदमै मनपर्ने खेलौना उसलाई जतिखेर पनि चाहिन्छ भने खास–खास बेलामात्र लिन पाउने नियम बनाएर पालना गराउनुहोस्, नकि रि*साएर खोसिदिने ।
-बच्चालाई अनु*शासनमा राख्ने अर्को तरिका भनेको राम्रो व्यवहारलाई प्रोत्साहन गर्नु हो । तपाईंले उसले नराम्रो गरेको बेलामात्र समात्ने नगरेर केही राम्रो गरेको कुरा याद गरेर त्यसका लागि स्याबासी दिने गर्नुभएको छ भने उसले राम्रो बानीलाई अंँगाल्न थाल्छ । जस्तो कि उसले साथीलाई केही कुरा दिइरहेको देख्नुभयो भने यसरी नै मिलेर खेल्नुपर्छ है भन्नुस् । ऊ खेलौना साटासाट गर्न झन् खुसी हुनथाल्छ । त्यस्तै बच्चाले कुनै ग*ल्ती गरेको बेला ऊ आफै न*राम्रो मानिरहेको हुन्छ । यस्तो बेला उसलाई तुरुन्तै गा*ली नगर्नुस् । बरु शान्त भएर रिस उठेको बेला के गर्नुपर्छ भन्ने उदाहरण देखाउनुहोस् । सजाय दिँदा केही बेरका लागि डराएर पनि उसले राम्रो गरेजस्तो देखाउला वा नराम्रो नगर्ला । तर बच्चाले मनपरेर वा आफूलाई खुसी लाग्ने भएकोले कुनै कुरा गर्छ भने त्यो दिगो हुन्छ । हाम्रो प्रयास बच्चालाई सकारात्मक व्यवहार प्रोत्साहन गर्नेतिरै केन्द्रित हुनुपर्छ ।
-अर्काे उदाहरण, बच्चाले कोठाभित्रै बल खेलेर टिभी भएतिर हान्दैछ भने कोठामा बल नखेल भन्नुको सट्टा बाहिर गएर एकछिन सँंगै खेलिदिनुस् । अनि उसले बल खेल्न बाहिर जानुपर्छ भन्ने सिक्छ । कहिलेकाहीं उसलाई जित्न पनि छोडिदिनुपर्छ । जस्तो कि कुनै दिन उसले रातो ट्राउजरसंँग निलो धर्का भएको सेतो टिसर्ट नै लगाउन झगडा गर्दैछ भने लगाउन दिनुहोस् । कुन कुरामा कडाइ गर्ने र कुन कुरा स्वतन्त्र छोडिदिने भन्ने विचार गर्नुपर्छ ।
-अ*नुशासन सिकाउँदै गर्दा बच्चाको उमेर र उसको क्षमता सधै मनन गर्नुपर्छ । बच्चालाई कुनै सीप सिक्न समय लाग्छ र तपाईंको अलिकति मिहिनेत पनि । जथाभावी दि*सापि*साब गर्‍यो भनेर रि*साउनु वा गा*ली गर्नुभन्दा उसलाई सही समयमा सही तरिकाले ट्वाइलेट जान अभ्यस्त गराउनुपर्छ । तपाईंले बच्चाले भनेको मानेन भन्ने सोचेको कुरा कतै उसले सिकेकै पो छैन कि ? अ*नुशासन भनेको बच्चालाई नियन्त्रणमा राख्नु हैन, बरु बच्चाले आफैलाई नि*यन्त्रणमा राख्न सिक्नु हो । यो लेख डा‍क्टर दिनेश धरेलकाे कान्तिपुरबाट साभार गरिएकाे हाे।

Recommended For You

About the Author: Bibas chetan

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!