लेक लागेर तीन जनाको मृत्यू

सोलुखुम्बु, जेठ ६ गते । सोलुखुम्बुमा लेक लागेर फरक फरक स्थानमा तीन जनाको मृत्यु भएको छ । मलेसिलयन नागरिक रमन नायर हचुडनको आमाडव्लम हिमाल आरोहण गर्ने क्रममा गत २ गते मृत्यू भएको प्रहरीले जनाएको छ । आमाडव्लम हिमाल आरोरण गर्न गएका रमन क्याम्प तीनबाट लेक लागेर फर्किने क्रममा लडेर घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको लाशलाई पोष्टमार्टम गर्न शनिबार काठ्माडौ लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
त्यस्तै आज विहान एक जना पर्यटकको भरियाको लेक लागेर मृत्यू भएको छ । जोखिपुर्ण मानिएको आमालाप्चो पास गरेर मेरा आईपुगेपछि लेक लागेर मृत्यू भएको छ । सोलु दुधकुण्ड नगरपालिका १० टाप्टिङका पेमारिन्जी शेर्पाको लेक लागेर आज विहान मृत्यु भएको प्रहरीले जनाएको छ । लाशलाई पासाङ ल्हमु निको निक्की अस्पतला लुक्mलामा हेलीकोप्टरमार्फत ल्याई आवश्यक कानुनी प्रक्रिया भईरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै महाकुलुङ १ कोठेमा शनिवार लेक लागेर एक जनाको मृत्यू भएको छ । कोठेमा पेल्ट्रिक सेटको सर्भेका लागि आउनु भएका ईटहरी उपमहानगरपालिका २ का डिल्ली प्रसाद पौडेलको पनि मृत्यु भएको छ । मृतकको लाशलाई आज उद्धार गरि पोष्ट मार्टमका लागि धरानको घोपा अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

Recommended For You

About the Author: Bibas chetan

4 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!