महिला थनुवालाई सामुदायको जिम्मा लगाउछन् प्रहरी

सोलखुम्बु, जेठ ९ गते । ईलाका प्रहरी कार्यालय सोताङमा हिरासत कक्ष नहुदा समस्या भएको छ । हिरासत कक्षा नहुदा पुरुष थुनुवा प्रहरी जवानसँगै सुत्छन् भने महिला थुनुवालाई सामुदायको जिम्मामा राख्ने गरिएको ईलाका प्रहरी कार्यालय सोताङका ईन्चार्ज कृष्ण तामाङले बताउनु भयो । ।
पुरुष थुनुवा आउदा प्रहरीसँगै सुत्ने गरेको भएपनि महिला प्रहरी जवान कम भएकाले थुनुवा र प्रहरी सुताउने व्यवस्था नहुदा सोताङमा रहेका महिला समुहका पदाधिकारीको जिम्मा राती राखेर अनुसन्धान हुने तथा जिल्ला पठाउने गरेको ईलाका प्रहरी कार्यालय सोताङका ईन्चार्ज कृष्ण तामाङले बताउनु भयो । सामुदायको जिम्मा लागउदा बढि जोखिम भएपनि त्यसको विकल्प नरहेको प्रहरीले जनाएको छ । महिला समुहका पदाधिकारी पनि रातभर जाग्राम बसेर पालैपालो अभियुक्तको सुरक्षामा खट्ने गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालयको आफ्नौ भवन नहुदा यस्तो समस्या भोग्नु परेको ईन्चार्ज तामाङले बताउनु भयो । पशुे सेवाको कार्यालयमा कार्यालय खडा गरि बस्दै आएका ईलाका प्रहरी कार्यालले यो समस्या झेल्दै आएको एक दशक भन्दा बढि भईसकेको छ । दश वर्षे शसस्त्र द्धन्द्धको अन्त्य भई ईलका प्रहरी कार्यालयको पुर्नस्थापना भएको १३ वर्ष भईसकेपनि आफ्नो भवन निर्मााण हुन नसक्दा यस्तो समस्या भोग्दै आईरहेको ईलाका प्रहरी कार्यालय सोताङले जनाएको छ ।
एई)

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!