भारतमा देखिएको निपाह भाइरसको जोखिम नेपालमा पनि देखिने सम्भावना

काठमाडौ । भारतको केरलामा देखिएको निपाह भाइरसको नेपालमा आउने सम्भावना बढ्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । भारत सँगको खुला सिमा र नेपाल र भारतका नागरिक आवत जावत हुने गरेकाले निपाह नेपालमा आउने सम्भावना रहेकाले सवैलाई सचेत हुन महाशाखाका निर्देशक डा.केदार सेन्चुुरीले अनुरोध गर्नुभयो ।

उहाँले श्वास प्रश्वासको माध्यमबाट सर्ने भाइरस भएका कारण उच्च सतर्कता अपनाउन आग्रह समेत गर्नुभयो ।
के हो निपाह भाइरस ?
–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार निपा भाइरस चमरोबाट फलफूलर फलफूलबाट मानिस र जनावरमा सर्ने गर्दछ ।

–सन् १९९८ मा पहिलोपटक मलेसियाको कांपुंग सुंगई निपामा यो भाइरस देखा परेको थियो । त्यसैले यो भाइरसको नाम निपा राखिएको हो । पहिला यसको असर सुगुरमा देखिएको थियो ।

–सन् २००४ मा यो भाइरस बंगलादेशमा प्रकोपका रुपमा देखा परेको थियो । भारतको केरलमा पहिलोपटक यो भाइरस देखा परेको हो ।

यस्तो हुन्छ लक्षण

–यो भाइरसको संक्रमित व्यक्तिलाई सास फेर्न समस्या हुन्छ । र दिमागमा जलन सुरु हुन्छ ।तिब्र ज्वरो आउँछ । समयमै उपचार नभए संक्रमित व्यक्तिको मृत्यु हुन्छ ।

–५देखि १४ दिनसम्म यसको चपेटमा आएपछि यो भाइरस तीनदेखि १४ दिनसम्म कडा ज्वरो आउँछ ।

–२४–४८ घण्टामा रोगीलाई कोमामा पुराइसक्छ ।

–इन्फेक्शनको सुरुवाती चरणमा स्वास लिन समस्या हुन्छ, जबकि आधा विरामीमा न्युरोलाजिकल समस्या पनि हुन्छ ।

–दिमागमा पोल्न लाग्दछ ।

–तिब्र ज्वरो आउँछ र टाउको दुख्छ ।

–मांसपेशीहरुमा पीडा हुन्छ ।

कुनै भ्याक्सिन छैन/बच्ने उपाय
–यो भाइरस मानिस वा पशुमा फैलिए कुनै भ्याक्सिन छैन । यसबाट प्रभावित व्यक्तिलाई आइसीयूमा राखेर उपचार गर्नुपर्ने हुन्छ ।

–झरेको फलफूल नखानुस्

–यो रोगबाट संक्रमित व्यक्तिको नजिक नजानुस्

–यो भाइरसका कारण जसको मृत्यु भएको छ, उक्त शवबाट टाढै रहनुस्

–यदि तपाईलाई चर्को ज्वरो आयो भने तत्काल अस्पताल जानुस् ।

यो रोगबाट बच्नका लागि खजुर, त्यसको रुखबाट निस्कने रस र रुखबाट झरेको फल नखानु उत्तम हुनेछ । रोगी सुगुर, घोडा र अन्य जनावरबाट पनि टाढै रहँदा यो रोगको प्रकोपबाट बच्न सकिन्छ । एजेन्सी

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!