‘राइट’ दाजुभाइले जहाज बनाउनुअघि नै नेपालमा ‘एयरबस’-ओली

जेठ १०, काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राइट दाजुभाइले जहाज बनाउनु अघि नै नेपालमा ‘एयरबस’ बनिसकेको दाबी गरेका छन्। आज भृकुटीमण्डपमा आयोजित शैक्षिक मेलालाई सम्बोधन गर्दै ओलीले पुष्पक विमानलाई उदाहरण दिँदै नेपालमा उहिल्यै एयरबस बनेको दाबी गरेका हुन्।
‘हाम्रा पूर्खा यति भिजिनरी। १९०३ बाट राइट ब्रदरले प्लेन बनाउन शुरु गरे। हाम्रा पुर्खाले काल्पानिक होस या जे सुकै होस तर पुष्पक विमानबाट रामसीताहरुलाई लंकाबाट लिएर आयोध्य फर्केका थिए।’
ओलीले थपे, ‘पुष्पक विमानमा चढाएर, फेरि पुल बनाएर अथवा अस्तिनै बनाएको पुलबाट तरेको हैन, पुष्पक विमानबाट फर्केका थिए। कल्पनाकै उडान भएपनि हाम्रा पूर्खाहरुले एकजना यसो चढेर पखेटा लगाएर चरा झैं उड्ने कल्पना गरेको होइन। पुष्पकविमानमा पल्टनै चढेर आउने एयरबस नै रहेछ। राम लक्ष्मण सीता सुग्रीव हनुमान उहाँहरुसँग लड्न गएका पल्टन सारा सबै आए।’
नेपालको शिक्षा क्षेत्रमा संगीत सिर्जनादेखि नक्षत्र पत्ता लगाउनसमेत अगाडि रहेको ओलीले बताए। प्रधानमन्त्रीले नौ ग्रह नै नेपाली ज्योतिषले पत्त लगाएपछि मात्र वैज्ञानिकले पुष्टि गरेको बताए।

Recommended For You

About the Author: Bibas chetan

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!