
काठमाडौँ । स्वास्थ्य रहनका लागि खानपानमा ध्यान दिनुपर्छ । भिन्डीको तरकारी खाँदा विभिन्न रोगरुबाट छुटकारा मिल्छ । भिन्डी खानाले निकै लाभ लिन सकिन्छ ।
सुगरको मात्रा नियन्त्रित गर्छ । गर्भवती महिलाले भिन्डी खानाले भ्रूणको दिमागको विकास राम्रो हुने एक अध्ययनमा उल्लेख गरेको छ । भिन्डी खाँदा गर्भ तुहिने जोखिम पनि घट्छ। भिन्डीमा भिटामिन–के र फोलेट्स पाइन्छन्, जसले रगत जम्नबाट रोक्छ र हड्डी बलियो बनाउछ ।
आयुर्वेदका अनुसार भिन्डीको फूल र पातलाई श्वासप्रश्वाससम्बन्धी रोग निको पार्न प्रयोग गरिन्छ । भिन्डीमा पाइने फाइबरले कब्जियतको समस्या कम गर्छ। क्यान्सरको जोखिम कम गर्नुको साथै आन्द्रा, कोलोन–रेक्टल क्यान्सर लाग्ने सम्भावना कम हुन्छ।
क्यालोरी कम हुँदा मोटाउने समस्या भएकाहरूका लागि लाभदायक हुन्छ। शरीरमा खराब खालका कोलेस्टेरोलको मात्रालाई कम गरिदिन्छ। भिटामिन–सीलगायत तत्वले छालामा जम्मा भएका विकारलााई हटाइ छालालाई स्वस्थ राख्छ।