
काठमाडाैं । अागामी अार्थिक वर्षका लागि सरकारले संघ, प्रदेश र र स्थानीय तहसेत गरेर कुल १६ खर्बको बजेट ल्याउन लागेकाे छ । हालै बसेको स्रोत समितिको बैठकले संघलाई १२ खर्ब र तल्ला दुई तहका सरकारलाई चार खर्बको गरी कुल १६ खर्बकाे बजेट सीमा तोकेको खबर नयाँपत्रिकाले छापेकाे छ ।
यस्तै, मुलुकको अर्थतन्त्रको आकार बढेकाे खबर कान्तिपुरमा छ । तीन खर्ब ६४ अर्ब रुपैयाँले बढेर चालु अार्थिक वर्षकाे अन्त्यसम्म अर्थतन्त्रकाे कुल अाकार ३० खर्ब सात अर्ब २४ करोड रुपैयाँ पुग्ने भएको छ।
चालू आर्थिक वर्षको आठ महिनाको अउपलब्ध तथ्यांक र बाँकी चार महिनाको अनुमानका अधारमा अर्थतन्त्रको आकार ३० अर्ब नाघ्ने देखिएको हाे ।