
कुनै पनि खेलाडीको सपना सम्बन्धित खेलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप च्याम्पियनसिप खेल्ने हुन्छ। अझ फुटबल र क्रिकेटको विश्वकप खेल्ने चाहना धेरैको हुन्छ।
कमैले मात्र उक्त अवसर पाउँछन् र अवसर पाएपनि केहीले मात्र आफ्नो छाप छाड्छन् र सबैको मनमा रहिरहन सफल हुन्छन्।
तर केही खेलाडी यस्ता पनि हुन्छन् जसलाई खेलकुदमा बहुआयामिक भन्न सकिन्छ र उनले दुई फरक खेलको विश्वकप खेले।
रसियामा अर्को महिना फिफा विश्वकपको २१औँ संस्करण आयोजना हुँदैछ र त्यसैको सन्दर्भ पारेर यहाँ चर्चा गर्न लागिएको खेलाडी हुन् सर भिभियस रिचर्ड।
उनी त्यस्ता एकमात्र खेलाडी हुन् जसले क्रिकेटको विश्वकप खेले भने फुटबलको विश्वकपको छनोट खेल।
फरक खेलमा पनि उत्तिकै दख्खल राख्ने रिचर्डले सन् वेष्ट इन्डिजबाट १९७५ र १९७९ को विश्कप खेल्दै उपाधि नै जिते। त्यसअघि उनले १९७४ को विश्वकप फुटबलका लागि एन्टिगुअ एण्ड बार्बुडाबाट छनोट खेल खेलेमा सहभागि भएका थिए।
क्रिकेटमा लागेर उत्कृष्ट प्रदर्शन गरेपछि भिभ रिचर्ड्सले फुटबल करियर भने छाडे। विश्वकप क्रिकेटको उपाधि जितेपछि भिभले सन् १९८४ देखि १९९१ सम्म वेष्टइन्डिजको टेष्ट टोलीको कप्तानी गरेका थिए।
पुरा नाम सर आइज्याक भिभियन एलेक्जानेडर रिचर्ड्स रहेका उनी सर भार्फिल्ड सोवर्स, सर डोनाल्ड ब्राडम्यान, ज्याक होब्स र शेन वार्नसँगै ‘क्रिकेटर अफ दी सेन्चुरी’ चयन भएका थिए। सन् २००० मा क्रिकेटका सय एक्सपर्ट्ल मिलेर उक्त ५ खेलाडीलाई चयन गरेका थिए।
उनले १२१ टेष्ट खेल खेल्दै ८ हजार ५४० रन बनाएका छन् जसमा २४ शतक समावेश छ। यस्तै कप्तानको रुपमा ५० टेष्टमा २७ टेष्ट जितेका उनले ८ वटामा मात्र पराजय ब्यहोरे। एकदिवसीयमा झण्डै ७ हजार रन बनाएका रिचर्ड्सले फस्ट क्लास क्रिकेटमा ३६ हजार रन बनाएका छन्।