
जेठ २१ गते, खोटाङ– भौतिक पूर्वाधार निर्माणको ठेक्का पाई सम्झौताबमोजिम काम सम्पन्न नगर्ने निर्माण कम्पनी र ठेकेदारको सूची संकलन गरी जिल्ला प्रशासन कार्यालय खोटाङले गृह मन्त्रालयमा पठाएको छ ।
निर्माण कार्यको ठेक्का लिएर समयमै काम पूरा नगर्ने १५ वटा कम्पनी र ठेकेदारको नाम गृह मन्त्रालयमा पठाइएको खोटाङका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनु भयो ।
गृह मन्त्रालयमा पठाइएको विवरणमा १५ योजनाका ठेकेदारहरुले काम ओगटेको, सञ्चालन खर्च लिएको तर काम सम्पन्न गर्नतिर ध्यानै नदिएको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ ।