विश्वकपमा नेपाललाई सहभागि गराउने सांसदको यस्तो सुझाव

यसै साता रसियामा हुन लागेको विश्वकप फुटबल प्रतियोगितामा नेपाल सहभागी छैन। तर संसदमा एमालेका सांसद विरोध खतिवडाले एउटा यस्तो सुझाव दिए, जुन सुनेर सभामुख कृष्णबहादुर महरासमेत मुस्कुराए।सांसद विरोध खतिवडाले दिएको सुझाव यस्तो छ-
‘विश्वकप फुटबल आयोजना हुँदैछ भलै यसमा नेपाल सहभागी हुन पाएन। यो विश्व महोत्सवमा नेपाल कसरी सहभागी हुने ? नेपाल सरकारले के गर्दैछ? खेलकुद मन्त्रालयले के गर्दैछ? मैले एउटा सुझाव दिन चाहन्छु। हाम्रो यो संसद भवनमा पानीट्याङ्की छ माननीय सभामुखज्यु, फुटबल जस्तो गोलो माथि टक्क परेको चिटिक्क परेको- यसो हेर्दा ठ्याक्क वर्ल्डकप उठाएको जस्तो पनि छ। त्यसलाई फूटबलको आकार दिएर डिजिटलमार्फत् विश्वकप २०१८ लाई नेपाल स्वागत गर्दछ भनेर लेख्यो भने अत्यन्त आकर्षक, सुहाउँदो र नेपालको सहभागिता पनि हुन्छ।’

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!