जेठ २७-प्रहरीले त्रिवि शिक्षण अस्पतालको लकरबाट पेस्तोल र गोली बरामद गरेको छ। रेडियोलोजी विभागमा रहेको बन्द लकरबाट आइतबार बिहान प्रहरीले पेस्तोल र गोली बरामद गरेको हो।
विभागका कार्यरत कर्मचारीहरुले आफ्ना सामान राख्न लकरहरु प्रयोग गर्दै आएका थिए। त्यसमध्ये एक लकर लामो समयदेखि बन्द थियो। आइतबार प्रहरीलाई बोलाएर लकर खोलिएको हो।
सो लकर कर्मचारीले नै प्रयोग गर्ने तर कसले पेस्तोल राखेको भन्ने खुल्न नसकेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी योगेन्द्रसिंह थापाले बताए।