
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले आलोपालो बैठकको अध्यक्षता गर्दा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको वरीयता तलमाथि हुनेगरी विधान बनाएको छ।
दुवै अध्यक्षको हैसियत र अधिकार समान हुनेगरी विधान तयार गरिएकाे भए पनि वरियतामा भने अवस्था हेरी तलमाथि हुने बनाइएकाे हाे। बैठकमा एउटा अध्यक्षले अध्यक्षता गर्दा अर्को अध्यक्ष दोस्रो मर्यादामा रहने र दुवै अध्यक्षले समग्र राजनीतिक नेतृत्व गर्ने विधानमा उल्लेख छ। औपचारिक पत्रहरूमा दुवैको हस्ताक्षर हुने नयाँ पत्रिकाले लेखेकाे छ।