
दीपाश्री निरौलाको निर्देशन रहेको सिनेमा ‘छक्का पञ्जा ३’ को धेरैजसो छायाकंन सकिएको छ । विशेष स्रोतका अनुसार सिनेमामा समावेश दुईवटा गीतको छायाकंन बाहेकको छायाकंन लगभग सकिएको हो । सिनेमाको छायाकंन अन्तिम चरणमा पुगेको उपलक्ष्यमा छायाकंनमा रहेको छक्का पञ्जा टिमले ‘छक्का पञ्जा ३ को जर्सीसहितको एक तस्बिर सामाजिक सञ्जालमा सेयर गरेको छ ।
यसमो अर्थ विश्वकप फुटवलको अवसरमा विभिन्न देशको जर्सी लगाएको सन्दर्भमा छक्का पञ्जा टिमले आफ्नै सिनेमाको नामको जर्सी लगाएर सिनेमाको प्रचार गरेको बुझिन्छ । सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै दीपाश्री निरौलालो हाम्रो टिम… फाईनल खेल दशैँमा भनेर लेखेकी छिन् ।
पोखरा, तनहुँ, पर्वत, म्याग्दी, लगायतका स्थानमा छायाकंन गरिएको यो सिनेमाको बैशाख २८ गतेदेखि छायाकंन शुरु गरिएको हो । यस सिनेमामा दीपकराज गिरी, दीपिका प्रसाईँ, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, निर शाह, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, अनुराग क्वँर, शारदा गिरी, बसन्त भट्ट, प्रियंका कार्की, संजोग कोईराला लगायतको अभियन रहेको छ ।
आमा सरस्वती मुभिज प्राली तथा आई एम ईको प्रस्तुती ‘छक्का पञ्जा ३’ का कार्यकारी निर्माता जितु नेपाल र केदार प्रसाद घिमिरे हुन् । सिनेमाका निर्माताका रुपमा सुमन गिरी भान्जा, किरण कसी, शिवहरि पौडेल, पुरुषोत्तम प्रधान, तारा चन्द्र बजगाईँ, दीपेन्द्र खनिया र केशव न्यौपाने छन् । अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहेको यस सिनेमामा कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी, विजय बस्याल र सान थापा (टौवा क्रियशन)को पब्लिसिटी डिजाईन रहने छ । यस सिनेमालाई पुरुषोत्तम प्रधानको छायाकंन गरिरहेका छन् । दीपक राज गिरी, जितु नेपाल, केदार घिमिरे र यमन श्रेष्ठको सम्वाद रहेको यस सिनेमामा दीपक राज गिरीको कथा छ ।