
सोमवार, असार ४/निज्नी (एजेन्सी) – विश्वकप समूह ‘एफ’ को दोस्रो खेलमा स्विडेनले दक्षिण कोरियालाई १-० ले हराएको छ ।
दक्षिण कोरिया र स्विडेन दुवैले पहिलो हाफमा थुप्रै अवसरहरु पाए पनि परिणत गर्न सकेका थिएनन् । तर खेलको ६५ औं मिनेटमा स्विडेनले पेनाल्टी पाएपछि गोल गर्न सफल भएको हो ।
स्विडेनका लागि पेनाल्टीमा कप्तान आन्द्रियस ग्रान्कभिस्ट चुकेनन् र ३ महत्त्वपूर्ण अंक जोड्न सफल भयो । यस जितसंगै स्विडेनले समूह ‘एफ’मा ३ अंक जोड्न सफल भएको छ ।
गए राति मेक्सिकोसंग १-० ले पराजित जर्मनी र दक्षिण कोरिया अंकविहीन रहेका छन् । अहिलेको अवस्थामा समूह ‘एफ’ सबैभन्दा रोमाञ्चक देखिएको छ ।