६ दिने भ्रमणका लागि प्रधानमन्त्री चीन प्रस्थान

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि मंगलबार चीन प्रस्थान गर्नुभएको छ ।

१ सय १९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीनको राजधानी बेइजिङ प्रस्थान गर्नुभएको हो ।

हिमालयन एयरलाईन्सको विमान चार्टर गरि चीन उडेको नेपाली टोलीमा प्रधानमन्त्री ओलीसहित उहाँकी श्रीमति राधिका शाक्य, चारजना मन्त्री, सरकारी निकायका प्रमुख र प्रतिनिधिहरु, कानून व्यवसायी, उहाँको सचिवालयका पदाधिकारीहरु र सञ्चारकर्मी लगायत छन् ।

प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली खछ्याङको औपचारिक निमन्त्रणामा चीन प्रस्थान गर्नुभएको हो ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!