
जारी विश्वकप २०१८ मा आयोजक रसियाले इजिप्टलार्इ ३-१ गोल अन्तरले पराजित गर्दै नकअाउट चरणमा प्रवेश गरेको छ । यो सँगै अायोजक रसिया नै नकअाउट चरण प्रवेश गर्ने पहिलो टिम बनेको छ ।
खेलको ४८ अौँ मिनेटमा रसियाले गरेको अात्मघाति गोलको सहयोगले रसियाले पहिलो गोल गर्यो । त्यसपछि ५९ अौँ मिनेटमा चेरिसेभ र ६२ अौँ मिनेटमा ज्युबाले गरेको गोल नै रसियाको विजयका लागि महत्वपूर्ण साबित भए ।
त्यसै गरी खेलको ७२ अौँ मिनेटमा पेनाल्टी पाएको इजिप्टको तर्फबाट स्टार खेलाडी सलाहले गरेको प्रहार गोलमा परिणत भएको थियो ।