
काठमाडौं। निजामती क्षेत्रमा कर्मचारी नेताहरूको हालीमुहाली सरकारले बन्दी गरेको छ। कर्मचारी संगठनको पदाधिकारी भए वापत कार्यालय गई काम गर्न नपर्ने सुविधा खारेज गर्दै संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले विभिन्न दल निकट ६ कर्मचारी संगठनका पदाधिकारीलाई काममा खटाएको छ।
२०६४साल देखि ६ कर्मचारी संगठनका पदाधिकारीले कार्यालयमा बसेर काम गर्नु पर्दैनथ्यो। उनीहरूलाइ सामान्य प्रशासन मन्त्रालयले काजमा राखेको थियो। मन्त्रालयले यतीसम्म सुविधा दिएको थियो कि उनीहरूले सरकारको काम नगरी टे«ड युनियनको काम गरे पुग्थ्यो।
प्रतिसंगठन पाँच पदाधिकारीलाइ मन्त्रालयले यस्तो सुविधा दिएको थियो। सरकारबाट सुविधा पाउने संगठनहरूमा नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन(संघ), तत्कालीन एमाले निकट नेपाल निजामती कर्मचारी संगठन, तत्कालीन माओवादी निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय फोरम निकट नेपाल मधेसी निजामति कर्मचारी मन्त्र, वैद्य माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन र स्वतन्त्र कर्मचारी मिलन केन्द्र रहेका थिए। करिब डेढ वर्षअघि भएको आधिकारिक टे«ड युनियन कर्मचारीको चुनावमा भने नेपाली कांग्रेस, तत्कालीन एमाले र तत्कालीन माओवादी निकट ३ कर्मचारी संगठनले मात्र पाँच हजार भोट ल्याई थे्रेस होल्ड कटाएका थिए। याे खबर अाजकाे नागरिकमा छ ।