फ्रान्स अन्तिम १६ मा, पेरु बाहिरियो

एटाकेरिनबर्ग (एजेन्सी) – विश्वकप समूह ‘सी’ को चौथो खेलमा दाबेदार मानिएको फ्रान्सले पेरुलाई १-० ले हराएको छ ।
खेलको ३४ औं मिनेटमा ओलिभर जिरुडको प्रहार सदुपयोग गर्दै किलियन एम्बाप्पेले गोल गरेका थिए । सो गोल गर्दै एम्बाप्पे विश्वकपमा फ्रान्सका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।
यस जितसंगै फ्रान्स ६ अंकसाथ अन्तिम १६ मा प्रवेश गरेको छ भने अंकविहिन रहेको पेरु बाहिरिएको छ । यसअघि इजिप्ट र मोरक्को बाहिरिसकेका छन् ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!