
काठमाडाैं । नेपाल राष्ट्र बैंकले मुद्रास्फीतिमा चाप पर्ने संकेतका बाबजुद केही उपभोग्य वस्तुहरूको मूल्यमा भएको गिरावटका कारण गत वैशाखमा उपभोक्ता मुद्रास्फीति अघिल्लो महिनाको ५.३ प्रतिशतबाट घटेर ४.१ प्रतिशतमा सीमित भएको देखाएको छ । आर्थिक वर्ष ०७४-०७५ मा औसत मुद्रास्फीति प्रक्षेपित सीमाभन्दा न्यून रहने राष्ट्र बैंकको दाबी छ । तर बजारमा भने उपभाेग्य वस्तुदेखि पेट्राेलियम पदार्थकाे मूल्य बढेकाे बढ्यै छ ।
यस्तै, आगामी आर्थिक वर्षका लागि सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल हुने संकेत देखिएको छ । चालू आर्थिक वर्षमा लगानीको वातावरणमा आएको सुधार, लोडसेडिङको अन्त्य औद्योगिक उत्पादनमा देखिएको बढोत्तरी लगायतका कारणले आर्थिक वृद्धिको लक्ष्य हासिल हुन सहज हुने राष्ट्र बैंकले जनाएको काराेबार दैनिकमा समाचार छ ।
चालू आर्थिक वर्षका लागि ७.२ प्रतिशतको लक्ष्य लिइएकोमा सरकारले यसलाई संशोधान गरेर ६ प्रतिशत लक्ष्य हासिल हुने बताएको छ । आगामी आर्थिक वर्षका लागि सरकारले बजेटमा ८ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरेकोे छ ।
तथ्यांकअनुसार बाह्य क्षेत्रतर्फ आयात उच्च दरमा बढेकाले चालू आर्थिक वर्षको १० महिनासम्ममा चालू खाता घाटा बढेर १ खर्ब ९१ अर्ब रूपैयाँ पुगेको छ ।