विश्वकप फुटबलको अवको खेल तालिका यस्तो

असार १५/मस्को– रसियामा जारी फिफा विश्वकपमा समूह चरणका खेल समाप्त भई नकाउट चरणको समिकरण पुरा भएको छ । ४८ खेल सकिदा सहभागी ३२ टोली मध्ये १६ टोली घर फर्केका छन् । साविक विजेता जर्मनी समूह चरणबाटै बाहिरिनु यस पटक विश्वकपको सबैभन्दा अप्रत्यासित नतिजा रह्यो । यस्तै युरोपको अर्को राम्रो टोली मानिएको पोल्याण्ड पनि समूह चरणबाट अगाडि बढ्न सकेन ।
सर्वा्िधक ५ पटकको विजेता ब्राजिल, २ पटकको विजेता अर्जेन्टिनाले अन्तिम खेल जित्दै अन्तिम १६ मा स्थान बनाए भने आयोजक रसियासहित उरुग्वे, फ्रान्स, इंग्ल्याण्ड र बेल्जियमले समूह चरणको एक खेल अघि नै अन्तिम १६ मा स्थान पक्का गरिसकेको थियो । अब शनिबारबाट नटआउट चरणका खेलहरु सुरु हुनेछन् । प्रिक्वाटरफाइनलमा सबैभन्दा प्रतिक्षा गरिएको खेल दुई पूर्व च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच हुनेछ । नाइजेरियासँगको अन्तिम खेलमा बराबरी वा हारको नतिजाले अर्जेन्टिना समह चरणबाटै बाहिरिने थियो । तर जित हासिल गर्दै समूह ‘डी’को उपविजेता बन्दै समूह ‘सी’ को विजेता फ्रान्ससँग भेट पक्का गरेको हो । यस्तै दुई पटकको विजेता उरुग्वे र पोर्चुगलबीचको खेल पनि हेर्न लायक हुनेछ । प्रिक्वाटरफाइनलमा युरोपबाट सबैभन्दा धेरै १० टोली छन् भने दक्षिण अमेरिकाबाट ४ तथा उत्तर अमेरिका र एसियाबाट एक एक टोली छन् ।
प्रिक्वार्टरफाइनल समिकरण
असार १६ गते
समूह ‘सी’ विजेता (फ्रान्स) विरुद्ध समूह ‘डी’ उपविजेता (अर्जे्न्टिना) ७ः४५ बजे
समूह ‘ए’ विजेता (उरुग्वे) विरुद्ध समूह ‘बी’ उपविजेता (पोर्चुगल) ( ११ः४५ बजे
असार १७ गते
समूह ‘बी’ विजेता (स्पेन) विरुद्ध समूह ‘ए’ उपविजेता (रसिया) ७ः४५ बजे
समूह ‘डी’ विजेता (क्रोसिया) विरुद्ध समूह ‘सी’ उपविजेता (डेनमार्क) ११ः४५ बजे
असार १८ गते
समूह ‘ई’ विजेता (ब्राजिल) विरुद्ध समूह ‘एफ’ उपविजेता (मेक्सिको) ७ः४५ बजे
समूह ‘जी’ विजेता (बेल्जियम) विरुद्ध समूह ‘एच’ उपविजेता (जापान) ११ः४५ बजे
असार १९ गते
समूह ‘एफ’ विजेता (स्वीडेन) विरुद्ध समूह ‘ई’ उपविजेता (स्वीट्जरल्याण्ड) ७ः४५ बजे
समूह ‘एच’ विजेता (कोलम्बिया) विरुद्ध समूह ‘जी’ उपविजेता (इङ्ल्याण्ड) ११ः४५ बजे

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!