राष्ट्रियसभा सदस्य निर्वाचन र विनियोजन विधेयक २०७५ प्रतिनिधिसभाको बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभाको आज बसेको बैठकले  राष्ट्रियसभा निर्वाचन विधेयक र विनियोजन विधेयक २०७५ बहुमतले पारित गरेको हो ।

प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक, २०७५ लाई बहुमतले पारित गरेको हो । गृहमन्त्री रामबहादुर थापाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रस्तुत गर्नुभएको सो विधेयक पारित भएको हो । यस्तै मन्त्री तामाङले प्रस्तुत गर्नुभएको ‘संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी विधेयक, २०७५’ लाई पनि बहुमतले पारित गरेको छ । यस्तै बैठकले आर्थिक विधेयक २०७५ बहुमतले स्वीकृत गरेको छ ।

यस्तै राष्ट्रको ऋण उठाउने विधेयक, ऋण जमानत उठाउने विधेयक पनि प्रतिनिधिसभा बैठकले स्वीकृत गरेको छ ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!