वाईसिएल नेपाल र युवा संघद्धारा धान रोपाई

ललितपुर/ मानो रोपेर मुरी उब्जाउने’ महिनाको मध्य अर्थात् असार १५ गतेका दिन आज नेपालभर धान दिवस, मनाइन्छ । विशेष गरी असारबाट पानी पर्न शुरू हुने र खेतमा पानी प्रशस्त हुने मान्यता अनुरूप पहाडी क्षेत्र तथा तराईमा रोपाईं असारमा गर्ने गरीन्छ ।नेपालमा २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुनेगर्दछन् ।

यअि अबसरमा असार १५ गते वाईसिएल नेपाल र युवा संघ नेपालको आयोजित तीन दिन जनश्रममा युवा कार्यक्रम अन्तरगत ललितपुरस्थित हरिसिद्दिमा वाईसिएल नेपाल र युवा संघ नेपालका युवाहरुले रोपाइ गरेको छ। रोपाइमा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का प्रवक्ता क। नारायण काजी श्रेष्ठ ूप्रकाशूस र विशिष्ट अतिथी वाइसीएल नेपालको फ्राक्सन इन्चार्ज मणि थापाले धान रोपेर उद्घाटन गरेका छन्। रोपाइ कार्यक्रममा युवाहरुको नेतृत्व वाइसीएल नेपाल केन्द्रीय सचिब तथा एक नम्बर प्रदेश इन्चार्ज कमरेड पुर्णबहादुर भुजेल ,चिन्तन ले गरेका थिए । उक्त कार्यक्रममा वाइसीएल नेपालको केन्द्रीय सचिवालय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज कमरेड ललिता गोले वाइसीएल नेपालको केन्द्रिय सदस्य तथा गैरभुगोल एक नम्बर सम्पर्क जिल्ला इन्चार्ज कमरेड हेम चन्द्र राई गैरभुगोल एक नम्बर सम्पर्क जिल्ला अध्यक्ष मुक्ति लिम्बुका साथमा युवाहरुको बाक्लो उपस्थिति रहेको थियो।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!