पोर्चुगललाई रोनाल्डोकै भरोसा

असार १६/मस्को (एजेन्सी)– पोर्चुगलले जुलाई १५ मा हुने विश्व कप फाइनल जित्ने आशा गर्ने हो भने त्यसका लागि उसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले उच्च प्रदर्शन गर्नु अनिवार्य गरेको हुनुपर्दछ । कम्तीमा समूह चरणका तीन खेलले त्यहि देखाएको छ ।
रोनाल्डाले समूह चरणका सुरुवाती २ गोलमा टोलीका लागि ४ गोल गरेका थिए । ३ खेल १ मा जित र २ मा बराबरी गर्दै टोली नकआउट चरणमा पुगेको थियो । नकआउट चरणमा शनिबार पोर्चुगलले उरुग्वेको सामना गर्नेछ । खेल राती ११ः४५ बजे सुरु हुनेछ ।

समूह चरणको समाप्ती र नयाँ यात्राको थालनीका लागि अभ्यासका दौरान शुक्रबार रोनाल्डो निकै सहज र खुसी देखिएका छन् । मुस्कान, हासो र खुसीका साथ पाँच पटकका बालोन डी ओर विजेता रोनाल्डोले अन्य खेलाडीसँग अभ्यासको समय विताए । यद्दपी समूह चरणको अन्तिम खेलमा भने रोनाल्डोले केहि आलोचना खेप्नु पर्यो ।

रोनाल्डोले इरानविरुद्ध प्राप्त पेनाल्टीमा गोल गर्न सकेनन् र पोर्चुगलले जित्न सक्ने खेलमा बराबरीमा चित्त बुझाउनु पर्यो । यद्दपी समूह विजेता बनेको भए टोलीले आयोजक रसियासँग प्रिक्वार्टरफाइनल खेल्ने थियो ।
अब रोनाल्डोको टोलीले लुइस स्वारेज र इन्डिसन काभानीको टोलीको सामना गर्नुपर्नेछ । तर पनि फर्नान्डो सान्तोषको पोर्चुगलले अघि बढ्नेमा आशावादी छ । टोलीका सदस्य केड्रिक सोरेसले रोनाल्डो उरुग्वेविरुद्ध चम्कनेमा आशावादी छन् ।

‘उनीहरुसँग हामीसँग जस्तै राम्रा खेलाडी छन् । तर हामीसँग विश्वकै उत्कृष्ट खेलाडी छन्, सोरेसले भने, हामी उनीहरुको अध्ययन गर्नेछौं । उनीहरु बलियो टोली हुन् । तर हामीसँग पनि त्यत्तिकै स्तरीय खेलाडी छन् र हामी खेल जित्नका लागि पुरा प्रयास गर्नेछौं । ’

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!