होटल सञ्चालक सहित ३ यौनकर्मी रंगेहात पक्राउ

असार १६/उदयपुर-गाईघाटमा होटल सञ्चालक सहित तिन जना यौन धन्दामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । सेतोपुल नजिक रहेको हाम्रो होटल एण्ड लजका सञ्चालक ६२ बर्ष का गोबिन्द प्रसाद श्रेष्ठ र यौनधन्दामा संलग्न सप्तरी घर भएको वर्ष ४२ को इनामुल हक नाम गरेको महिला सहित अन्य दुई जना पक्राउ परेका हुन । उनिहरुलाई शुक्रवार राति रंगेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ । पक्राउ परेका मध्ये इनामुल हक नाम गरेको युवती नियमित ग्राहक भएको बुझिएको छ । अन्य महिलाहरु भने ग्राहक भएको समय कन्ट्याकमा आउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनिहरुलाई गोप्य सुचनाको आधारमा समातियकोे हो । यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरले जनाएको छ ।

 

विजय राई/आहाखबर

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!