उदयपुरमा जनता आवासका घर पनि भत्किए

उदयपुर-उदयपुरको कटारी नगरपालिका २ खोक्सामा निर्माणधिन जनता आवास कार्यक्रम अन्तर्गतको घर भत्किएको छ । कटारी नगरपालिका २ खोक्साका हेमराज परियारको निर्माणधिन घर भत्किएको हो । घर भत्केपछि हेमराज परियार परिवारको विचल्ली भएको छ । उनको घर गत हप्ताको पानीले भत्केपछि उनको परिवार विचल्लीमा परेको छ ।

‘सरकारी इन्जिनियरहरुको नियमित अनुगमन र प्रत्यक्ष संलग्नतामा बनाइएका घर भत्कनुमा उनीहरुको गैर जिम्मेवारी देखिन्छ’, स्थानीय ज्ञान बहादुर थापाले बताए । कुल २ लाख ४५ हजार सरकारको लगानी र श्रमदानसहित उक्त घरहरु निर्माणधिन अवस्थामा रहेको थियो । घर निर्माणको चरणमा छाना लगाउन बाँकी रहेको थियो । भूकम्प प्रतिरोधी भनिएको घर नै भत्किएपछि सरकारी इन्जिनियरको कामप्रति प्रश्न उब्जिएको छ । जनता आवासको घर बनाउनका लागि सहरी विकास तथा भवन निर्माण कार्यालयका इन्जिनियरहरुले नियमित अनुगमन गरेका हुन्छन् ।

यस विषयमा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका इन्जिनियर ब्रहमदेव चौधरीसंग सम्पर्क गरेका थियौ । उनका अनुसार घर निर्माणको चरणमा रहेपनि घर खोलाको किनारमा भएकोले पहिरोले भत्किएको बताए । इन्जिनियर चौधरीले भने ‘सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले घरसम्म बनाई दिने हो, तर दैवी प्रकोपलाई हामी रोक्न सक्दैनौं । घर धनीले जुन ठाउँमा घर बनाउन भन्छ सोही ठाउँमा हामीले स्टिमेट गरिदिने हो घर बनाउन लगाउने हो । त्यस भन्दा फाल्टु बनाउने होइन ।’

यस विषयमा घर निर्माण समितिका अध्यक्ष टिकाराम विकलाई सम्पर्क गर्दा निर्माण चरणमा रहेको घर पहिरोले भत्किएको स्वीकार गरेका छन् । उनका अनुसार हेमराज परियारको जग्गा नै घर अट्ने गरी भएको र पाखोमा भएकोले पहिरोले पिलर झारेको बताए ।

यस्तै कटारी नगरपालिका २ का वडाध्यक्ष प्रेम थापाका अनुसार डाँडामा घर भएकोले गर्दा वर्षातको पानीले घर भत्किएको बताए । उनका अनुसार सहरी विकास तथा भवन निर्माण कार्यालयले समयमै घर बनाएर सम्बन्धित घरधनीलाई जिम्मा लगाएको भएर घरधनीको जिम्मेबारी हुन्थ्यो तर घर निर्माण चरणमै रहेकोले सम्बन्धित कार्यालयले नै घर बनाई दिनु पर्ने बताए ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!