आज हुजे ब्राजिल र बेल्जियम विचको खेलमा कसले वाजी मार्ला ?

विश्वकपमा दुई क्वार्टरफाइनल खेल आज, ब्राजिल र बेल्जियम भिड्दै
असार २२/मस्को (एजेन्सी)– जारी विश्वकपमा आज दुई क्वार्टरफाइनल खेल हुनेछन् । पहिलो क्वार्टरफाइनलमा उरुग्वे र फ्रान्सबीच हुनेछ । त्यस्तै अर्को अन्तिम आठको खेलमा ब्राजिलले बेल्जियमको सामना गर्नेछ ।
समूह चरणमा १ गोल पनि नखाएको उरुग्वेले अन्तिम १६ को खेलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई २–१ ले हराएको थियो । अर्को तिर फ्रान्सले लियोन मेस्सीको अर्जेन्टिनालाई ४–३ ले पाखा लगाएको थियो । फ्रान्सका लागि युवा खेलाडी केलियन एमबाप्पे सबैभन्दा प्रभावकारी रहे । उनले २ गोल गरेका थिए ।
अर्को क्वार्टरफाइनलमा ब्राजिल र बेल्जियमले भिड्नेछन् । समूह विजेताका रुपमा अघि बढेका यी दुई टोलीमध्ये बेल्जियमको अन्तिम १६ को खेल निकै रोमाञ्चक र संघर्षपूर्ण रह्यो । जापानसँग दोस्रो हाफमा २–० ले पछि परेको खेलको इन्जुरी समयमा निर्णायक गोल गर्दै बेल्जियम ३–२ ले विजयी भएको थियो । त्यसको तुलनामा ब्राजिलको यात्रा सहज रह्यो । नेयमारको उच्च प्रदर्शनबाट प्रेरित ब्राजिलले मेक्सिकोलाई २–० ले हराएको थियो ।

 

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!