शुक्रबार शताव्दीकै सबैभन्दा लामो चन्द्रग्रहण

२१ औं सताव्दीकै सबैभन्दा लामो पूर्ण चन्द्रग्रहण २७ जुलाईमा लाग्दैछ जो साधारणतया लाग्ने चन्द्रग्रहणभन्दा करीब ४० मिनट लामो समयावधिको हुन्छ । जुन पृथ्वीबाट पनि देखिनेछ । यो चन्द्रग्रहण एशिया सहित अन्टाकर्टिका, अस्ट्रेलिया, अफ्रीका, यूरोप र दक्षिण अमेरिकाको मध्य र पूर्वी भागबाट पनि देखिनेछ । त्यस्तै रूसको केहि क्षेत्रमा यो ग्रहण देखिनेछ । यो ग्रहण पूर्वी अफ्रिका र मध्ये एसियाबाट पूर्ण रुपमा देख्न सकिन्छ । चन्द्रग्रहणको दिन चन्द्रमा निकै चम्किलो र ठूलो देखिने हुँदा यसलाई सुपर ब्लड ब्लू मून भनिन्छ ।

२०७५ साउन ११ गते पूर्णिमाको दिन शुक्रवार यो ग्रहण लाग्नेछ । हिन्दू धर्मको मान्यता अनुसार चन्द्रग्रहणको प्रभाव शुभ मानिन्न । कतिपय नक्षत्र र राशि भएका मानिसहरुलाई ग्रहणको दर्शन गर्न समेत वर्जित गरिन्छ । उनीहरुले आफ्नो इष्ट देवको पुजा-आराधना, गुरु मन्त्र जप वा धार्मिक ग्रंथको पठन र मनन गरेर मात्र चन्द ग्रहण हेर्नु पर्ने मान्यता छ । सामान्य दिनको चंद्रग्रहणमा गरिएको पुण्यकर्मले एक लाख गुना र सूर्यग्रहण भएको बेला गरिएको पुण्य कर्म दस लाख गुणा फलदायी हुने गर्छ । यदि गंगाजल आफूसंगै छ भने त झन चंद्रग्रहण एक करोड गुना र सूर्यग्रहण दस करोड गुना फलदायी हुने मान्यता छ । यसैले सबैले चन्द्र ग्रहण वा सूर्यग्रहणको दिन दान-पुण्य गर्नुपर्छ जसमा साधु-सन्तको साथै गरीबलाई भोजन वा लत्ता कपडा दान गर्नुपर्छ तथा गाईलाई हरियो आहार खुवाउनु पर्छ । जसको कारण ग्रहणको दिन विशेष लाभ प्राप्त गर्न सकिन्छ र भगवानको कृपा बनिराख्नमा मद्धत मिल्छ ।

यस चंद्रग्रहणको यम नियम सूतक लगभग १०३ मिनटसम्म हुनेछ । चंद्रग्रहणको सूतक दिनको करिव २:४० बजेबाट सुरु भएर ग्रहणको स्पर्श रातको ११:४० सम्म र शुद्धिकाल रातको ३:२६ बजेसम्म हुनेछ । यस दिन गोचरमा मकर राशिको केतु र चंद्रमाको प्रधानता हुनेछ । राहुबाट समसप्तक दृष्टि संबन्ध रहनेछ । जस्लाई अशुभताको प्रतीक मानिन्छ । यसै कारण धेरै प्राकृतिक प्रकोप तथा आपत्तिको सामना गर्नुपर्ने हुन्छ । पृथ्वीमा सिधा छायाँ पारेर चन्द्र ग्रहण हुनेहुँदा यो ग्रहणले निकै लामो समय लिनेछ । यस अवधिमा सूर्यको दूरी टाढा हुनेहुँदा पृथ्वीमा छायाँको विस्तार ठूलो हुनेछ । १५ जुन २०११ पछी यो पहिलो केन्द्रीय चंद्रग्रहण हुनेछ । २०१८ को पहिलो चन्द्रग्रहण जनावरीमा भएको थियो । नेपाली मिति अनुसार यो चन्द्र ग्रहण २०७५ कै पहिलो हो ।

कुन-कुन राशिमा पर्छ, चन्द्रग्रहणको विशेष प्रभाव ?
चन्द्रग्रहणको कारण केहि राशिका मानिसहरुमा विशेष प्रभाव हुन्छ, जसमा मेष, सिंह, वृश्चिक र मीन राशिका भएकाहरुलाई चन्द्रग्रहण दर्शन लाभ, शुभ र सुखद फलदायक हुनेछ । त्यस्तै मिथुन, तुला, मकर, कुंभ राशिका व्यक्तिहरुलाई भने यो चन्द्रग्रहणको दर्शन अशुभ हुनेछ । उनीहरुले चन्द्रग्रहणको दर्शन नगर्दा नै राम्रो हुनेछ । त्यस्तै वृष, कर्कट, कन्या र धनु राशिका व्यक्तिहरुको लागि उक्त चन्द्र ग्रहण सामान्य फलदायक हुनेछ ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!