वर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मी छैन, १० जना जोखिममा

गुदेल, साउन १६ गते सोलुखुम्बुको महाकुलुङ ५ गुदेल स्वास्थ्य चौकीमा दक्ष स्वास्थ्यकर्मी नहुदा समस्या भएको छ सोलुखुम्बुको दुर्गम क्षेत्र गुदेलमा राम्रो स्वास्थ्य चौकी नहुदा धेरैले ज्यान गुमाउनुपर्ने बाध्यता भएपछि गुदेल स्वास्थ्य चौकीले मानव विकास तथा शान्ति र विकास समिति र ह्युमन राईटको सहयोगमा वर्थिङ सेन्टर सञ्चालनमा ल्याएको हो तर सञ्चालनमा आएको १० महिनामा नै उक्त वर्थिङ सेन्टरमा तालिम प्राप्त स्वास्थ्य कर्मीको अभाव भएको हो
वर्थिङ सेन्टर सञ्चालन गर्दा गुदेल स्वास्थ्य चौकीसँग दुई जना तालिम प्राप्त स्वास्थ्य कर्मी भएपनि एक जना निजिबाट कार्यरत स्वास्थ्यकर्मीले जागिर छोडेको तथा एक जनाका काज सरुवा भएपछि समस्या भएको गुदेल स्वास्थ्य चौकीका अनमी हरिधनी राईले बताउनु भयो । साउन र भदौमा मात्र उक्त वर्थिङ सेन्टरमा सुत्केरी गराउनेको संख्या १० जना रहेको भएपनि तालिम प्राप्त स्वास्थ्य कर्मीको अभावमा स्वास्थ्य चौकीले सुत्केरी गराउन नसक्ने अनमी राईले बताउनु भयो अनमी राईका अनुसार नजिकमा वर्थिङ सेन्टर पनि नरहेको बेला बैकल्पिक व्यवस्था नगरि भएको कर्मचारीलाई काज सरुवा गराएर सम्बन्धित निकायले लापरवाही गरेको हो
गुदेल नजिकै वर्थिङ सेन्टर नहुदा सुत्केरी गराउन सोही स्वास्थ्य चौकीमा मै ल्याउने भएकोले गुदेल स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीहरु समस्या परेका छन् । वथिङ सेन्टर सञ्चालन हुनुपुर्व पनि गाउमा धामीझाक्रीलाई देखाएर अन्तिम समस्या हुदा स्वास्थ्य चौकीमा ल्याएका सुत्केरीहरु स्वास्थ्य चौकी मै ज्यान गुमाउनु परेका तितो घटनाहरु रहेकोले गुदेल स्वास्थ्य चौकीले जोखिम मोल्न चाहादैन भने नजिक वर्थिङ सेन्टर नभएकोले थप समस्या भएको हो

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!