यू–१५ महिला साफ च्याम्पियनसिपः नेपाल भारतसँग पराजित

साउन ३१-नेपाल दोस्रो संस्करणको यू१५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग पराजित भएको छ । नेपाल उपाधिको दावेदार भारतसँग २–१ ले पराजित भएको हो । चाम्लिङथाङ रंगशालामा बिहिबार भएको खेलमा नेपालले भारतविरुद्ध उच्च प्रदर्शन गरेपनि जित निकाल्न सकेन ।

भारतको जितमा लेन्डा कोम र क्रिटिना देवीले गोल गरिन् । नेपालकी रजनी थोकरले एक गोल फर्काइन् । प्रतिस्पर्धात्मक बनेको खेलको ३० औं मिनेटमा लेन्डाको गोलबाट भारतले खेलमा अग्रता बनाएको थियो । त्यसको ७ मिनेटपछि रजनी थोकरले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको ७५ औं मिनेटमा क्रिटिनाले गोल गरेपछि भारत खेलमा २–१ ले अघि बढ्यो । त्यसपछि थप गोल निस्कन नसक्दा नेपाल भारतसँग २–१ ले पराजित हुन पुग्यो । भारतले उपाधिका लागि १८ अगस्टमा बंगलादेश र भुटानबीचको विजेता सँग खेल्नेछ । अब नेपालले तेस्रो स्थानको लागि बंगलादेश र भुटानबीचको पराजित हुने टिमसँग १८ अगस्टमा खेल्नेछ ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!