सडकमा घरपालुवा पशुपक्षी छाड्ने मालिकलाई कारवाही

काठमाडौँ सार्वजनिक सडकमा छाडिएका पुशपंक्षी सवारी साधनको ठक्करबाट घाइते तथा मरेमा उल्टै चालक र धनीबाट क्षतिपूर्ति असुल्ने कार्यविरुद्ध नयाँ कानुन निर्माण गरिएको छ नयाँ अपराध संहिताले सार्वजनिक सडकमा घरपालुवा पशुपक्षी छाडेर दुर्घटना गराउन सक्रिय पशुपक्षीका मालिकलाई नै कारवाही गर्नुका साथै क्षतिपूर्ति भराउने कानुनी ब्यवस्था गरेको छ

यसअघि सार्वजनिक सडकमा पशुपक्षी छोडेर गाडीले ठक्कर दिएमा मालिकले क्षतिपूर्ति लिने गरेका थिए । यही भदौ १ गतेबाट लागू हुने नयाँ कानुनले सार्वजनिक सडक, मैदान तथा स्थलहरूमा घरपालुवा पशुपक्षी छोड्न रोक लगाएको छ । यसरी, छाडिएका पशुपक्षीबाट कुनै ब्यक्ति वा सवारी चालक र यात्रीमा क्षति पुगेमा पशुपक्षीका मालिकलाई पक्राउ गरी कानुनी कारवाहीको ब्यवस्था गरिएको छ ।

अर्कोको घर आगन, बारी तथा सडक बाटोमा छाडा छोडेको खण्डमा उल्टै मालिकलाई जरिवाना हुनेछ । घरपालुवा पशुपक्षीलाई छाडा छोड्न नहुने ब्यवस्था गरिएको छ । घरपालुवा हिंस्रक पशुपक्षी छाडा छोड्दा त्यसको आक्रमणबाट कसैलाई गम्भीर चोटपटक लाग्न पुगी ज्यान गएमा मालिकलाई एकवर्ष कैद १० हजार जरिवाना हुनेछ

त्यस्तैं, मुलुकी अपराध संहिता ऐनको दफा २९० ले पशुपक्षीमाथि गरिने निर्दयी व्यबहार र कसुर सम्वन्धी ब्यबस्था गरेको छ । गाई र गोरु मार्ने तथा काट्ने कार्यमा प्रतिवन्ध लगाएको छ ।कसैले गाईगोरु कुटी, मारी, अंगभंग पारेमा छ महिना कैद ५० हजार जरिवाना सजाय तोकेको छ । तर, आफ्नो जिउ ज्यान जोगाउने क्रममा गाई गोरु मर्न गएमा वा चोट लागेमा कसुर गरेको मानिने छैन । यो खबर आजको ‘गोरखापत्र’ राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ। खबर देवबहादुर कुँवरले लेखेका हुन्

त्यस्तैं, परम्परागत रुपमा चलिआएको धार्मिकस्थल मठ, मन्दिर वा शक्तिपिठहरू वाहेक सार्वजनिक स्थलमा पशुपंक्षीको बली, निर्दयी तथा त्रूmरयातना दिन नपाउने ब्यवस्था गरेको छ । पशुपक्षीमाथि पनि भद्र ब्यवहार प्रदर्शन गर्न सूचित गरिएको छ ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!