पुलबाट चिप्लिएर एक जनाको ज्यान गयो

सोलुखुम्बु, भदौ ९ गते सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा शुक्रबार पुलबाट खसेर एक जनाको ज्यान गएको छ । लिखुपिके गाउँपालिकाको वडानम्बर २ मा पर्ने कोरेसी खोलाको काठे पुल तर्ने क्रममा पुलबाट खस्दा ३०  वर्षिय राजन खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ
कामबाट घर फर्कदा शुक्रबार साझ ७ बजे पुल तर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतक खड्का लिखु खोलामा नुम्बुर हाइड्रोपावरको टिपर चालक हुन् । खड्का आफ्नो डिउटी सकेर साँझ पख घर फर्कने क्रममा खोलाले बगाएको प्रहरीले जनाएको छ

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!