सोलुखुम्बुको विरुवाको माग रोल्पासम्म

कुम्भराज राई/फाप्लु–मंसिर २१ गते । वागवानी केन्द्र फाप्लु सोलुखुम्बुलाई फलफूल बेर्ना र तरकारी बिउ कृषकको माग अनुसार धान्न धौ धौ भएको छ । केही वर्ष अघि सम्म केन्द्रमा उत्पादित बेर्ना र बिउ बिक्रि गर्न गाह्रो थियो । हाल आएर माग धान्नै धौ धौ हुन थालेको हो ।
वर्षेनी फलफूलको बेर्ना र तरकारीको बिउ बिक्रि बढेपछि माग अनुसार पूर्ति गर्न गाह्रो भएको केन्द्रका वरिष्ठ वागवानी विकास अधिकृत चन्द्रमान श्रेष्ठले बताए । ‘पछिल्लो समय कृषकहरुमा चेतनास्तर बढेको छ ।’ प्रमूख श्रेष्ठले भने, ‘खेती गर्न नसकेर बाँझो भएका पाखो बारीमा फलफूल र तरकारी लगाउने परम्पराको विकास भएको छ । हामीले केन्द्रमा माग भई आएको बेर्ना र बिउ पु¥याउन सकिरहेका छैनौं ।’
प्रमूख श्रेष्ठका अनुसार यसवर्ष मात्रै रुकुम, रोल्पा, रसुवा सम्मका कृषकहरु फलफूल बेर्ना लिनका लागि यहा आएका थिए । सबैभन्दा बढी स्याउको बेर्ना बिक्रि हुने गरेको छ । केही वर्षयता किविको बेर्ना पनि मनग्गे बिक्रि हुन थालेको केन्द्रले जनाएको छ । किविको बेर्नाका लागि मूख्य हव नै बनाउने योजनाका साथ प्रमूख श्रेष्ठ लागेपछि बाहिरि जिल्लाबाट बेर्ना लिन आउनेको संख्या बढेको हो ।
विगत छ वर्ष यताको फलफूल बेर्ना बिक्रि संख्या तुलना गर्दा चार गुणाले बढी बिक्रि भएको छ । आर्थिक वर्ष ०६९÷७० मा ५ हजार ७ सय ५० बोट फलफूलका बेर्ना बिक्रि भएकोमा आव ०७४÷७५ मा २० हजार फलफूलका बेर्ना बिक्रि भएका छन् । फलफूलको बेर्ना आव ०७३÷७४ मा १० हजार ८ सय ३६ बोट बिक्रि भएका थिए । लगत्तै एकवर्षमै दोब्बर संख्यामा बिक्रि भएको हो ।
तरकारीको बेर्ना र बिउको बिक्रिदर पनि वर्षेनी बढ्दो क्रममा छ । तरकारीको बिउ आव ०६९÷७० मा १ सय ७५ किलो बिक्रि भएकोमा ०७४÷७५ मा ६ सय किलो बिक्रि भएको छ । फलफूलका बेर्नाहरुमा स्याउ, आरु, नास्पाती, आरुवखडा, किवि, ओखर लगायत उत्पादन हुने गरेको छ । त्यसैगरि तरकारी बेर्ना र बिउहरुमा रायो, मूला, काउली, बन्दा उत्पादन हुने गर्छन् ।
बेर्ना र बिउको बिक्रि ह्वात्तै बढ्नुमा वागवानी केन्द्रको सक्रियता पनि प्रमूख कारण रहेको स्थानीयको भनाई छ । केन्द्रमा प्रमूख भएर आएपछि श्रेष्ठले कृषकहरुस“ग समन्वय विस्तार गरि तालिम दिने, सीप सिकाउने काममा सक्रियता बढाएका छन् । फाप्लुमा वागवानी केन्द्र ३०३१ सालमा स्थापना भएको हो । गतवर्षदेखि सरकारले वागवानी केन्द्र र कृषि क्षेत्रमै बजेटलाई प्राथमिकता दिएकोले पनि उत्साह पलाएको केन्द्रका प्रमूख श्रेष्ठले बताए ।
हाल सोलुखुम्बुमा मात्रै १ सय ५० कृषकहरुले किवि खेती गरेका छन् । त्यसमध्ये ६० जनाले व्यवसायिक रुपमा किवि खेती गरेका छन् । आगामी दिनमा किविलाई थप व्यवसायिक बनाउने उद्देश्यले केन्द्रले किविको बेर्ना उत्पादनलाई जोड दिएको छ । सामान्य कृषकले किविको बेर्ना उत्पादन गर्न नसक्ने भएकोले पनि केन्द्रले यसलाई जोड दिएको हो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.