महाकुलुङ गाउपालिकामा दुइ दिन एकिकृत घुम्ती सिविर सञ्चालन हुने

बसन्ती नाछिरिङ/ महाकुलुङ गाउपालिका सोलुखुम्बुमा दुइ दिन एकिकृत घुम्ती सिविर सञ्चालन हुने भएको छ । जील्ला प्रशासन कार्यालय सोलुखुम्बु तथा महाकुलुङ गाउपालिकाको समन्वयमा मंसिर २२ र २३ गते एकिकृत घुम्ती सिविर सञ्चालन हुने भएको हो ।

प्रमुख जिल्ला अधिकारि नरेन्दं राणा मगरको नेतृत्वमा एकिकृत घुम्ती सिविर टोली २१ गते शुक्रबारनै महाकुलुङ आइपुगिसकेको गाउपालिका अध्यक्ष सागर किरातिले जानकारी दिनुभयो । सो टोलिलाई गाउपालिकाको कार्यालय बुङमा २२ गते शनिवार विहान ८ वजे औपचारिक कार्यक्रम मार्फत स्वागत गर्ने कार्यक्रम रहेको छ ।

सेवाग्राहिलाई नागरिकता वितरण, नागरकिता अभिलेख,नाबालक परिचयपत्र वितरण, स्वास्थ्य जाच, तथा उपचार, निसुल्क आखा परिक्षण तथा आवश्यक परामर्श, मोतिविन्दुका विरामि छनौट गर्नुका साथै सहुलियतमा चश्मा उपलब्ध गराइनेछ ।

त्यस्तै, बाणिज्य तथा उद्योग दर्ता, भुकम्प सार्वजनिक सुनुवाई, प्रहरि साझेदारि, सार्वजानिक सचेतना लगायतका सेवा गाउपालिकाबासिले प्राप्त गर्नेछन । गाउपालिकाबासीले सगरमाथा माध्यमिक विद्यालय बुङको प्राङ्गणबाट एकिकृत सेवा प्राप्त गर्नेछन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.