
सल्लेरी, मंसिर २२ गते । आमाडब्लम हिमालको आधार शिविरबाट शम्सेर गुल्म नाम्चेका नेपाली सेनाको टोलीले करिव ८ सय किलो फोहोर संकलन गरेको छ । खुम्बुपासाङल्हामु गाउँपालिकाको आर्थिक सहयोगमा सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी)द्धारा आयोजित ‘वृहत आमाडब्लम हिमाल सरसफाई आभियान २०७५’ अन्तर्गत गएको नेपाली सेनाको टोलीले हिमालको संकलन गरको सगरमाथा प्रर्दशन नियन्त्रण समिति (एसपिसिसि) नाम्चेका उपाध्यक्ष लामाकाजी शेर्पाले बताउनु भयो ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको नीति अनुरुप हिमाल, नदिनाला, ताल सरसफाई अभियानमा नेपाली सेनाको सहभागीता हुने शर्कुलर भएकाले शम्सेर गुल्म नाम्चेबाट आमाडब्लम हिमाल सरसफाई अभियानमा सहभागी भएको जनाईएको छ । ३ दिनसम्म गरिएको हिमाल सरसफाईबाट संकलित ८ सय किलो फोहोरलाई नेपाली सेनाले पाङ्बोचेबाट नाम्चे एसपीसीसीको कार्यालयसम्म ल्याएको थियो ।
आखमादव्लम आधारशिविरबाट नाम्चे ल्याइएको ८ सय किलो हिमालको फोहोर एसपीसीसीका अध्यक्ष आङदोर्जी शेर्पालाई हस्तान्तरण गरिएको छ । हिमालबाट संकलित भएको फोहोर लिदैँ एसपीसीसीका अध्यक्ष शेर्पाले निःस्वार्थ रुपमा नेपाली सेनाले हिमाल, नदि, ताल सरसफाई अभियानमा पु¥याएको योगदानको मुक्त कण्ठले प्रशंसा गर्नुभयो । ‘खुम्बु क्षेत्रको वातावरण स्वच्छ राख्न नेपाली सेनाको सहभागीतात्मक नीतिको प्रशंसा गर्दछु, । आगामि दिनमा हुने विभिन्न हिमाल सरसफाई अभियानमा समेत सहभागीताका लागि हामीले अपेक्षा गरेका छौं ।’