सल्लेरी च्याल्सा विद्युतको मुनाफा ९५ लाख

सल्लेरी, पुस ३० गते । ६ सय किलोवाट क्षमताको सल्लेरी च्याल्सा विद्युत कम्पनीले करिव ९५ लाख मुनाफा आर्जन गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा ९४ लाख ९३ हजार ९ सय २४ रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको हो । अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा ९१ लाख ९७ हजार ७ सय ४ रुपैयाँ मुनाफा कमाएको कम्पनीले मुनाफालाई करिब ३ लाखले वृद्धि गर्न सफल भएको छ ।
कम्पनीको २६ औ वार्षिक साधारण सभाको अवसरमा शेयर सदस्यहरु माझ कम्पनीको आयव्यय प्रस्तुत गर्दै मुनाफा सार्वजानिक गरिएको हो । ३ करोड ५१ लाख ८८६ रुपैयाँ आम्दानी गरेको कम्पनीले २ करोड ३० लाख ४२ हजार ६५६ रुपैयाँ खर्च गरेको छ । २ हजार १२० घरधुरीलाई विद्युत उपलब्ध गराउदै आएको विद्युत कम्पनीमा १ हजार ९९ सेयर सदस्य रहेका छन् । कम्पनीले विद्युत चुहावटको समस्या कायमै रहेको दर्शाएको छ ।
साधारण सभामा शेयर सदस्यहरुले लाभांश वितरण नगरेको भन्दै गुनासो गरेका छन् । वर्षेनी लाखौ आम्दानी गरेपनि लाभांश नपाएको र शेयर वृद्धि समेत नगरिएको भन्दै उनीहरुले गुनासो गरेका हुन् । कर्मचारीलाई बोनस दिने तर लगानीकर्तालाई रित्तो हात पारेकोमा सदस्यहरुले गुनासो गरेका हुन् । कम्पनीले गएको वर्षमा कर्मचारी बोनसमा ७ लाख भन्दा बढि रकम खर्चेको छ ।
साधारण सभामा प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी, कम्पनीका संचालक आङदामी शेर्पा लगायतका शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!