नौ जनाकाे सामुहिक हत्या: ‘प्रहरीको कमजोरीले ठूलो घटना’

पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा चार परिवारका नौ जनाको कारुणीक संहारपछि आरुबोटेबासी शोकसँगै र त्रासमा बस्न बाध्य छन् । हत्याकाण्डपछि स्थानीयको दिनमा चैन हराएको छ । रातमा निद हराम भएको छ ।

चारमध्ये दुई परिवारको वंश नै नास हुने गरी भएको विभत्स हत्याकाण्ड प्रहरीको कमजोरीका कारण भएको स्थानीयको आरोप छ । घटना भएको घरमध्ये मारिएका धनराज शेर्माको घरमा गत वैशाख ३० गते नुनमा सिसाको धुलो मिसाइएको पाइएको थियो ।

शेर्माको घरमा तीन महिने ढाका बुनाई तालिम लिइरहेका महिलाहरु खाजा खाएपछि बिरामी परेपछि नुनमा हेर्दा सिसा भेटिएको थियो । उक्त घटनामा आठ जना बिरामी परेका थिए । दुई जना सिकिस्त नै बनेका थिए । उनीहरु सदरमुकामस्थित जिल्ला अस्पताल र समर्पित अस्पतालमा उपचारपछि निको भएका थिए ।

त्यतिबेलै परिवारको सामूहिक हत्या गर्ने उदेश्यले नुनमा सिसा मिसाइएको स्थानीयको आशंका छ । प्रहरीसम्म पुगेको सिसा काण्डलाई प्रहरीले गम्भिरतापूर्वक अनुसन्धान नगरेको स्थानीयको आरोप छ । त्यतिबेलै प्रहरीले मसिनो ढंगले अनुसन्धान गरेर दोषिलाई कारबाहीको दायरामा ल्याइएको भए यत्रो घटना नहुनसक्ने स्थानीय मिक्सन खड्काले बताए ।

घटनामा मारिएकी धनराजकी श्रीमति जस्मिताले त्यतिबेला अहिले प्रहरीले हत्याको आशंका गरेको ज्वाई मानबहादुर माखिमलाई नै शंका गरेको स्थानीय बताउछन् ।आजकाे राजधानी दैनिकमा समाचार छ ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!