टिन प्रिन्सेज डिभाकाे उपाधि गृष्मालाई

काठमाडौं: गृष्मा शर्माले टिन प्रिन्सेज डिभा २०१९ को उपाधी जितेकी छन् । गृष्माले उपाधिसँगै मोस्ट इलिजेन्टको सब टाइटलसमेत जितिन् ।

उपाधि विजेता शर्मालाई उपाधीको साथमा नगद रु. २० हजार राशिबाट समेत पुरस्कृत गरिएको थियो । त्यसैगरी टिन प्रिन्सेज डिभाको दोश्रो स्थानमा अक्षिता राज्यलक्ष्मी शाह परिन् भने अग्रिमा पोखरेल तेश्रो स्थानमा परिन् । प्रतियोगीहरुलाई दुइ समूहमा विभाजन गरेर भएको प्रतियोगीताको प्रि टिन समूहतर्फ भने बेलिस्मा कटवालले उपाधि जितिन् । कटवालले पनि उपाधीको ताजको साथमा ट्रफि र नगद पुरस्कार रु. २० हजार राशि हात पारिन् ।

कटवालले उपाधीको साथसाथै बेस्ट ट्यालेन्ट र बेस्ट ड्रेसको सब टाइटल समेत जितेकि थिइन् । प्रि टिन समूहमा विभुति अधिकारी र रिद्धिमा नेपाल क्रमशः दोश्रो र तेश्रो स्थानमा परिन् । २२ टिनहरुको सहभागीता रहेको प्रतियोगीतामा प्रतियोगीहरुलाई मोस्ट कन्फिडेन्ट, मोस्ट अट्राक्टिभ, भ्यूअर्स च्वाइस अवार्ड, बेस्ट डान्सर, मोस्ट डिसिप्लिन, फोटोजेनिक, मोस्ट डाइनामिक लगायत विभिन्न सब टाइटलबाट पुरस्कृत गरिएको थियो ।

कार्यक्रमको आयोजना रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीले गरेको हो ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!