नायिकालाई पेस्तोल तेर्साएर बिहे गर्न दबाव

भारतमा भोजपुरी नायिकाको ‘डाइ हार्ट’ फ्यानले पागलपन देखाएका छन् । भोजपुरी फिल्म ‘दुलारी बिटिया’ को शुटिङको लागि उत्तर प्रदेशको रोबर्टसगंज गएकी नायिका रितु सिंहलाई आफुसँग बिहे गर्न दबाव दिंदै एक फ्यानले पेस्तोल तेर्साएको थाहा भएको छ । उक्त घटनामा गोली लागि एक व्यक्ति घाइते भएका छन् ।

फिल्मको शुटिङको लागि सिंह सहित करिब ७० सदस्यीय टोली मुम्बईबाट उक्त क्षेत्रमा गएका थिए । होटलमा रहेको बेला जौनपुर बस्ने २५ वर्षिय पंकज यादवले नायिकाको कोठामा खुसुक्क गइ आफुसँग विवाह गर्न धम्काएका थिए ।

नायिकालाई पेस्तोल देखाएर धम्काएपछि उनी चिच्चाएकी थिइन् । उनको आवाज सुनेर स्थानीय अशोक नाम गरेका व्यक्ति कोठामा आएपछि आत्तिएका पंकजले गोली नै चलाएका थिए । गोली अशोकको कम्मर लागेको बताइन्छ । गोलीको आवाज आएपछि होटलका कर्मचारी र फिल्मकर्मीहरु नायिकाको कोठामा पुगेको बताइन्छ ।

उक्त घटनापछि प्रहरीलाई खबर गरिएको र प्रहरी आएपछि उनी नियन्त्रणमा आएको बताइन्छ ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!