अवैध रुपमा भिओआइपी संचालन गर्ने पक्राउ

काठमाडौं : केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज, काठमाडौंबाट खटिएको प्रहरीले अवैध रुपमा भिओआइपी संचालन गर्ने रुपन्देही सिद्धार्थनगर नगरपालिका-३ काटा गाउँ भन्ने स्थानमा डेरा गरी बस्ने भारत महराजगन्ज थाना नौतनवा ग्राम सोनौली घर भएका २६ वर्षीय खुर्सेद अन्सारीलाई बिहीबार पक्राउ गरेको छ ।

पक्राउ अन्सारीको डेरा कोठाबाट प्रहरीले ल्यापटप १ थान, जेएससि लेखिएको एरियल ३२ थान, राउटर १ थान, एयर टेल फोरजी लेखिएको डिभाईस २ थान, टिपी लिंक लेखिएको १ थान, युपिएस १ थान, चार्जर २ थान, १३ वटा सिम फिट भएको १६ सिम पोट १ थान, सिम नभएको १६ सिम पोट १ थान, केबल तार २ थान, सिम १३ थान लाभा कम्पनीको मोबाइल १ थान र सोमा फिट भएको ९८१७४२३४०४ र नम्बर नखुलेको भारतीय सिम १ थान समेत बरामद गरेको छ ।

पक्राउ अन्सारी उपर दूरसंचार ऐन, २०५३ अन्तर्गत जिल्ला अदालत रुपन्देहीबाट म्याद लिई अनुसन्धान कार्य भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

अवैध भिओआइपी बिरुद्द ब्यूरोले स्थापनकालदेखि हालसम्म १ सय ८ स्थानहरुमा भएको कारवाहीमा नेपाली १ सय ३० र विदेशी ३७ गरी १ सय ६७ जनालाई पक्राउ गरिएको छ । अवैध भिओआइपी बिरुद्द गरिएको कारवाहीमा हालसम्म विभिन्न दुर संचार कम्पनीहरुका २ हजार ३ सय ७५ थान सिम कार्डहरु र भिओआइपी मा प्रयोग हुने आधुनिक उपकरणहरु समेत बरामद गरिएको सो ब्यूरोले जनाएको छ ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!