पुलिस सेमिफाइनलमा

काठमाडौं– नेपाल पुलिस क्लव तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिताको समुह विजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको छ ।

आईतबार प्रदेश २ लाई १ सय ५६ रनको फराकिलो अन्तरले पराजित गर्दै समुह बी को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । सेमिफाइनलमा पुलिसले समुह ए को उप विजेतासँग खेल्ने छ । त्यस्तै आर्मी पनि समुह बी बाट उप विजेता बन्दै सेमिफाईनलमा पुगेको छ ।

२ सय ५४ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले २९ ओभरमा ९७ रन बनाउन सबै विकेट गुमायो । उसका लागि ओपनर हरि शंकर शाहले ३५ बलमा ४ चौका सहित सर्वाधिक २९ रनको योगदान दिए । सुरज पटेल १२, कप्तान महबुब आलम २१ र रवि शाहले १५ रन जोड्न बाहेक प्रदेश २ का अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् ।

पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले घातक बलिङ लगर्दै १० ओभरमा १ मेडन सहित २८ रन खर्चेर ५ विकेट लिए । त्यस्तै ललित नारायण राजवंशीले ३,सागर ढकाल र कुशल भुर्तेलले को नाममा समान १ विकेट रह्यो ।

त्यस अघि आइतबार कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित ५० ओभरका ९ विकेटको क्षतिमा २ सय ५३ रन बनायो । पुलिसका लागि युवा खेलाडी अमित श्रेष्ठले सर्वाधिक ५० रनको योगदान दिए । ३८ ओभरको दोस्रो बलमा साम्सद शेखले राशिद खानबाट क्याच गराउनु अघि उनले ४२ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

ओपनर सुनिल धमला र अनिल कुमार शाहले पहिलो विकेटका लागि १९।३ ओभरमा ८७ रनको साझेदारी गर्दै पुलिसलाई राम्रो सुरुवात दिलाएका थिए । यी दुईबीचको साझेदारी साम्सद शेखले अनिललाई ३७ रनमा क्याच आउट गर्दै तोडे । अनिलले ५० बलमा २ चौका प्रहार गरे । २३ ओभरको तेस्रो बलमा कुमार थापाले बोल्ड आउट गर्नु अघि धमलाले ७७ बलमा ३ चौका सहित ४३ रनको योगदान दिएका थिए ।

दिपेन्द्र सिंह ऐरी १८,पवन सरार्फ १३ र दिलिप नाथ डक आउट भए । सागर ढकाल २,कप्तान मञ्जित श्रेष्ठ र ललित नारायण राजवंशी समान १ रन जोडे ।

तल्लोक्रममा आरिफ शेखले ४५ बलमा ३ चौका सहित ३२ रन जोडे । त्यस्तै कुशल भुर्तेलले ३२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३५ रन जोडेपछि पुलिसले बलियो योगफल तयार पारेको हो ।

प्रदेश २ का लागि साम्सद शेखले १० ओभरमा ४१ रन खर्चेर ४ विकेट लिए । राशिद खानले २,कुमार थापा,दिवान्सु मलिक र कप्तान महबुुब आलमको नाममा समान १ विकेट रह्यो ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!