उग्र गर्मीका कारण एक सय ४८ जनाको मृत्यु

भारतको बिहार राज्यमा गर्मी र ‘लू’का कारण शनिबारदेखि अहिलेसम्म १ सय ४८ जनाको मृत्यु भइसकेको छ । सोमबार नवादा जिल्लामा थप पाँच जनाको मृत्यु भएको छ । राज्यमा आइतबार ७७ जनाको र शनिबार ६६ जनाको मृत्यु भएको थियो ।

गया शहरमा धारा १ सय ४४ लागू गरिएको छ, मानिसहरुलाई दिउँसो भेला हुन पनि रोक लगाइएको छ । नीतीश कुमार नेतृत्वको सरकारले राज्यका सबै सरकारी र निजी विद्यालयलाई २२ जुनसम्मका लागि बन्द गर्न आदेश दिएको छ । त्यहाँकाे मौसम विभागले राज्यमा प्रचण्ड गर्मी अझै दुई तीनसम्म जारी रहने बताएको छ ।

नालंदाको पावापुरी मेडिकल कलेजमा सोमबार पाँच जनाको मृत्यु भएको छ । अस्पताल अध्यक्ष ज्ञान भूषणले लू का कारण बिरामी परेका ५८ जनाको उपचार भइरहेको जानकारी दिएका छन् । अर्कोतिर, प्रशासनले गया जिल्लामा धारा १४४ लागू गर्दै दिनको समय (बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म) मानिसहरुलाई खुला स्थानमा एकत्रित हुन रोक लगाएको छ । यस क्रममा सबै खालका निर्माण कार्य पनि बन्द गरिने छ ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!