श्रीमान्‌काे सहयाेगमा अरुसँग यौन सम्पर्क

जहाँ विवाहित महिलाहरु सातपटक अन्जान पुरुषसँग यौनसम्पर्क गर्छन्

इण्डोनेसियामा एउटा अनौठो परम्परा छ । हरेक वर्ष महिलाहरुले अपरिचित पुरुषसँग यौन सम्पर्क कायम गर्नुपर्छ । अझ रोचक त के भने विवाहित महिलाले कुनै अपरिचित पुरुषसँग बनाउने यौन सम्बन्धमा उनीहरुका लोग्नेले पनि सहयोग गर्दछन् ।

इण्डोनेसियाको पोन नामक पर्वमा ठूलो संख्यामा महिला तथा पुरुषहरु माउन्ट केमुकस पुग्दछन् । त्यहाँ महिलाहरु आफुलाई मन पर्ने कुनै अपरिचित पुरुषको खोजी गर्दछन् । अनि मनले खाएको भेटेसँगै सहमतिमा यौन सम्पर्क राख्दछन् ।

हरेक ३५ दिनमा जब यो पर्व आयोजना हुन्छ, महिलाहरु सोही पुरुषसँग यौन सम्पर्क गर्नुपर्दछ । लगातार सात पटकसम्म महिलाले उक्त परपुरुषसँग यौन सम्पर्क बनाएपछि महिलाको मनको इच्छा पूरा हुने र जिवनमा चिताएको पुग्ने विश्वास छ ।

१६ औँ शताब्दीमा त्यहाँ एक राजा पेगेरन समोद्रो  थिए । उनी आफ्नो सौतेली आमा नायी ओत्रोवुलानलाई खुब मन पराउँदथे । एकरात जब उनले सौतेनी आमासँग यौन सम्पर्क गरिरहेका थिए, त्यसबेला दुबैको हत्या भयो ।

त्यसैले राजा र उनकी सौतेनी आमाले पूरा गर्न नपाएकोे यौनक्रिया जसले पूरा गर्न पाउँदछ उसका सबै दुखकष्ट हट्ने र घरमा खुसियाली छाउने विश्वास गरिन्छ ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!