आफ्नै छोरीकाे ग्राहक खोज्दै बाबु

भारतमा बाचरा समुदायको परिवारमा शताब्दी‌‍औँदेखि  जन्मने जेठी छोरीलाई १०-१२ वर्षको उमेरदेखि यौनकर्ममा लगाइन्छ।

जेठी छोरी बूढी हुँदै गएपछि बहिनीहरूले दिदीलाई विस्थापित गर्छन्। एउटा पुस्तादेखि अर्कोसम्म ‘स्वीकार्य प्रथाका रूपमा’ यो प्रचलन कायम रहँदै आएको छ।

कतिपय महिलाहरूको त बाबु र दाजुभाइले दलालको काम गर्ने गरेको पनि पाइन्छ। उनीहरूको समुदायमा विवाह पनि फरक तरिकाले गरिन्छ। आफ्नी छोरी दिए बापत माइती पक्षले ‘दाइजो’को रूपमा ठूलो मात्रामा पैसा माग्छन्।

एक यौनकर्मी भन्छिन् “मलाई यस्तो काम गर्न बाध्य बनाइँदा म १५ वर्षकी मात्र थिएँ। मैले स्कूल जान छोड्नुपर्‍यो र आमा र हजुरआमाकै जस्तो कर्म थाल्नुपर्‍यो।”

उनले हरेक दिन गाउँका धनाढ्यदेखि ट्रक ड्राइभरसम्मलाई सन्तुष्ट पार्नुपर्थ्यो। “म १८ वर्ष पुग्दा मैले त्यो कति नराम्रो कुरा हो भन्ने महसुस गरेँ र म असाध्यै क्षुब्ध बनेँ। तर मसँग विकल्प के थियो र?”

बाचराहरू भारतमा तुलनात्मक रूपमा गरीब छन् र परिवारको आर्थिक अवस्था उकास्न महिलाहरूमाथि निर्भर रहन्छन्। स्थानीय गैरनाफामूलक संस्थाका आकाश चौहानका अनुसार यो पेशामा लागेका एक तिहाइ नाबालक नै छन्। बाचराहरू कुनै समय जङ्गली जाति थिए। उनीहरू मध्य प्रदेशका तीन जिल्लामा फैलिएका छन्।

उनीहरू अधिकांश ग्रामीण भेगमा या ट्रक ड्राइभरहरू आराम गर्न रोकिने राजमार्ग छेउछाउका क्षेत्रमा बस्छन्। स्थानीय भाषामा खिलावाडी अर्थात ‘खेल्नेहरू’ भनेर चिनिने कलिला केटीहरू डोरीका खाटमा कहिले एक्लै त कहिले समूहमा ग्राहक कुरिरहेका भेटिन्छन्।

त्यहाँ स-साना पसल जस्ता ठाउँ हुन्छन् जहाँ मोलतोल गर्नेहरू हुन्छन्। त्यस्तो काम परिवारका सदस्यले गर्छन्।

उनीहरूले ड्राइभरहरूसँग पैसाको मोलतोल मिलाउँछन्। त्यो धेरैजसो एक सयदेखि दुई सय भारतीय रुपैयाँ हुन्छ।

स्थानीयवासीका अनुसार कुमारीहरूले उच्च मूल्य पाउँछन् जुन पाँच हजार भारुसम्म हुनसक्छ। यौनकर्मी बनेपछि आफ्नो समुदायका युवकसँग बिहे गर्न पनि वर्जित गरिन्छ।

सन् १९९३ मा बाचराहरूमा रहेको यौन व्यवसाय समाप्त पार्ने योजना ल्याइयो। तर त्यो पूर्ण कार्यान्वयनमा आएको छैन।

 

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!