सत्यता सम्बन्धी महत्वपूर्ण धारणा

१, सत्य बस्तुत: अन्त्यसम्म नै सत्य नै रहन्छ ।

–सेक्सपियर

२, एउटा झुटो कुरा लुकाउन कैयौँ पटक झुट बोल्नुपर्छ ।

– अज्ञात

३, पापी मानिस सत्यबाट डराउँछ ।

–सुकरात

४, सत्य तितो हुन्छ ।

–चाणक्य

५, सत्य सुन्दर हो र सुन्दर नै सत्य हो ।

–लक्ष्मीप्रसाद देवकोटा

६, सत्यको आधारमा रहनुभन्दा बढ्ता आनन्द अरु केही छैन ।

–बेकन

७, कुन सत्य हो, सत्य कसरी चिन्नु ? जुन प्राणीको हितमा छ उही सत्य भनेर जान्नु ।

–भानुभक्त आचार्य

८,सत्यलाई दवाउन सकिन्छ तर नाश गर्न सकिदैन ।
–जर्मनेली उखान

९, समय मुल्यवान हुन्छ तर समयभन्दा पनि सत्य अधिक मुल्यवान हुन्छ ।

–डिज्रायली

१०, साधारणत मानिसहरु परम आवश्यक सत्यलाई एकाएक विश्वास गर्दैनन् ।

–इल्किन

११, साँचो बोल्नु, सुन्दर लेख्नु समान हो, जुन अभ्यासले मात्र प्राप्त हुन्छ ।

–कार्लाइल

१२, सत्य बोल यदि त्यो तिम्रो विपरीत छ भनेपनि ।

–कुरान

१३, संसारमा सत्य बाहेक संग्रह गर्न योग्य दोस्रो बस्तु केहि हुँदैन ।

–चसर

१४, सत्यवादी मानिस झुटो प्रार्थना गर्दैन ।

–बाल्मिकी

१५, जोसंग सत्य छ , त्यो एकलै भएपनि बहुमतमा हुन्छ ।

–डगलस

१६, जसरी सुर्यको किरणलाई कुनै पदार्थले अपवित्र गर्न सक्दैन त्यसरी नै सत्यलाई पनि अपवित्र गर्नु असम्भव छ ।

–मिल्टन

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!