सफलताकाे प्रेरकहरू

  •  मानिस भएर कहिल्यै हिम्मत हार्नू हुँदैन किनकी पहाडबाट निस्केको नदिले कहिल्यै कसैसंग सोधेको छैन कि, समून्द्र कहाँ पर्छ
  • नदीमा हामफाल्दैमा कसैको मृत्यु हुदैन । मृत्यु त तब हुन्छ जब पौडिन आउदैन ।
  • देखिने सबै कुरा सत्य हुँदैनन् र सत्य कुरा प्रायः देखिदैनन्।
  •  कति सम्बन्ध सेल जस्तो हुन्छन्। नयाँ हुँदा खासै टेस पर्दैन तर जति बासी भयो त्यत्तीनै मिठो ।
  •  सम्पत्ति नभएर गरिब भइँदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ ।
  •  सबैभन्दा सस्तो औषधि हास्नु हो, किनभने यसको कमी भयो भने सबभन्दा महंगो औषधि खान बाध्य भइन्छ
  •  सुख खोज्नु पर्दैन, दुःखको सदुपयोग गरे पुग्छ ।
  •  एक्लो मान्छेले बाटोमा हिँड्दाहिँड्दै जव केही सम्झेर खिस्स हाँस्छ, सबैभन्दा मीठो त्यही हाँसो लाग्छ
  • असफलताका दुइ कारण छन् – एक, कसैको सल्लाह नमान्नु र अर्को सबैको सल्लाह मान्नु
  • असंभव भन्ने कुरो वास्तवमा हाम्रो भ्रम मात्र हो ।
  • धनी हुनलाई ‘सम्पत्तीको थुप्रो’ होइन, ‘सन्तुष्ट मन’ चाहिन्छ ।
  •  एउटा रित्तो भाडोले नै ज्यादा आवाज निकाल्छ ।
  • एउटा ठूलो पहाड चढेपछी बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रै पहाडहरू बाँकी छन् ।
  • साँचो मित्रले सधै तिमीलाई अघि बढ्न मद्दत गरिरहन्छ ।
  • शिक्षाको जरा तितो हुन्छ तर यसको फल सधै मिठो हुन्छ ।
  • हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो ।
  • यदि तपाईसँग मीठो भोक र गहिरो निद्रा छ भने सम्झिनुहोस तपाई सबसे धनी व्यक्ति हो ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!