यौन शिक्षा र स‌ंस्कार

यौन हिंसा न्यूनीकरणका लागि यौन शिक्षा नर्सरी कक्षादेखि नै सिकाइनुपर्छ । बच्चाहरुलाई सानैमा के यौन शिक्षा दिने भन्ने प्रश्न पनि उठ्नसक्छ । तर, यौन भनेको लिङ्ग योनीमा प्रपेश गर्ने कार्य मात्र हो भनेर बुझ्नुहुन्न । स–साना बालबालिकालाई यो केटा हो, यो केटी हो भनेर पढाउन सकिन्छ । विस्तारै उनीहरुको उमेरसँगै यौनाङ्ग र शरीरमा आउने परिवर्तनका बारेमा पढाउनुपर्छ ।

केही समयअघि नेपालगञ्जमा महिलाहरु आएर सिडियो कार्यालय घेरे । हाम्रो देशमा बालविवाह न्यूनीकरणको माग भैरहेको बिषयमा लडाइँ छ । विवाहकका लागि केटा र केटीको उमेर २० जो राखिएको छ, त्यो केटीका लागि धेरै भयो, जबकि उनीहरुमा यौन चाहना १४–१५ देखि नै देखिन्छ भन्ने उनीहरुको धारणा थियो । यौन चाहना तराईजस्तो गर्मी ठाउँमा छिटो सुरु हुनसक्छ । २ नंम्बर प्रदेशले कानुनमा परिवर्तन ल्याउने कुरा बोलिसकेको छ– यस कुरामा दम छ । हाम्रो आफ्नो जवानी हेर्दा पनि थाहा हुन्छ । १२ देखि १३ बर्षको उमेरमा शारीरिक परिवर्तन आउन थाल्छ । एक–अर्को लिङ्गप्रति आकर्षक हुने, आफूलाई राम्रो, राम्री बन्न मनलाग्ने, फिल्मको हिरोको फोटो राख्न मन लाग्ने, एक–अर्कालाई जिस्क्याउन मन लाग्ने, ऐना हेर्न, राम्रो केटा–केटी हेर्न मनलाग्ने हुन्छ । त्यो नै यौन चाहना हो ।

हिजो यो उमेर आउँनुभन्दा पहिला नै विवाह गरिदिन्थे । समाजको डर थियो । यौनको बारेमा बाबुआमा कसैले बुभाउँदैनथे । अहिले मोबाइल खोल्यो भने जे पनि पाइन्छ । बाहिर गयो भने कुकुर, बिरालो, चरा हरेकको यौनिक गतिबिधि देख्न सकिन्छ । यौनईच्छा भएको समय मानिसलाई त्यो पनि एउटा सामग्री बन्छ । अर्कोतर्फ विवाह नभै यौन सम्बन्ध राख्नु हुँदैन भनिएको छ । कुनैपनि छोरा छोरीले बाबुआमालाई आएर मेरो ब्वाईफ्रेन्ड छ, गर्लफ्रेन्ड छ भन्न सक्दैनन् । उसको उपाय भनेकै यौन सम्पर्ककै लागि घरबाट भाग्नुपर्ने हुन्छ । भागेपछि समाजले खत्तम भयो, अब उसलाई घरमा आउने पनि अनुमति छैन भनिन्छ ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!